२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामको ढकारीमा ७ घर जलेर पुर्ण रुपमा नष्ट



अ+ अ-

अछाम । अछाम जिल्लाको ढकारी गाउपालिका ४ वलाताका ७ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन ।

शुक्रबार साझँ गौँउ गडामा गौँउको पराल जलाउनका लागि लागाएको आगो हावाले उडाएपछि सो आगो घरमा सल्किएकाले घर जलेर नष्ट भएको वडा अध्यक्ष भक्त बहादुर बुढाले वताए । वडा अध्यक्ष बुढा सहित ६ जनाको घरमा आगो लागेको हो ।

एक्कासी चलेको हावाहुरीले वडा अध्यक्ष बुढाको घर सहित स्थानिय ईन्द्र बुढा, मीन बहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर ठूलो क्षति भएको स्थानीय पदम बुढाले जानकारी दिए ।

घरमा आगलागि भएपछि घरमा बाधिएका बाख्रा गाईपनि जलेर मरेका छन । घरनजिकै गहुगणामा बालिएको आगो हावाहुरीले उडाएको थियो । प्रहरीको टोलि घटना स्थलमा पुगेको र क्षेतीको विवरण आउन वाकी रहेको प्रहरीले जनाएको छ ।