२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 10.29

Humidity: 45

Latest
शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने यो अनौठो रूखले दुई प्रेमीहरूलाई जोड्छ जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या विवादमा परेका समय रैना डिप्रेशनमा ! विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन: मन्त्री खड्का सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामको ढकारीमा ७ घर जलेर पुर्ण रुपमा नष्ट



अ+ अ-

अछाम । अछाम जिल्लाको ढकारी गाउपालिका ४ वलाताका ७ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन ।

शुक्रबार साझँ गौँउ गडामा गौँउको पराल जलाउनका लागि लागाएको आगो हावाले उडाएपछि सो आगो घरमा सल्किएकाले घर जलेर नष्ट भएको वडा अध्यक्ष भक्त बहादुर बुढाले वताए । वडा अध्यक्ष बुढा सहित ६ जनाको घरमा आगो लागेको हो ।

एक्कासी चलेको हावाहुरीले वडा अध्यक्ष बुढाको घर सहित स्थानिय ईन्द्र बुढा, मीन बहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर ठूलो क्षति भएको स्थानीय पदम बुढाले जानकारी दिए ।

घरमा आगलागि भएपछि घरमा बाधिएका बाख्रा गाईपनि जलेर मरेका छन । घरनजिकै गहुगणामा बालिएको आगो हावाहुरीले उडाएको थियो । प्रहरीको टोलि घटना स्थलमा पुगेको र क्षेतीको विवरण आउन वाकी रहेको प्रहरीले जनाएको छ ।