२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा अचानक सिंगापुर जानुको रहस्य !



अ+ अ-

काठमाडौं । छिमेकी मुलुक भारतमा नरेन्द्र मोदी भारी बहुमतका साथ पुनः प्रधानमन्त्री बन्ने सुनिश्चित हुनासाथ प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवा सिंगापुर भ्रमणमा प्रस्थान गर्नुलाई धेरैले संयोगका रूपमा लिएका छैनन् । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति देउवा स्वास्थ्य उपचारका लागि भन्दै बिहीबार अचानक सिंगापुर प्रस्थान गरेका हुन् । यस अघि सभापति देउवाको विदेश भ्रमण तय हुँदा नेपाली कांग्रेसले हप्तौं अघि मिडिया मार्फत जानकारी गराउँथ्यो । विदाईका लागि विमानस्थलमा कार्यकर्ताहरू खचाखच हुन्थे । तर, यसपटक भने उपसभापति बिमलेन्द्र निधि कार्यवाहक सभापति भएको विज्ञप्ती केन्द्रीय कार्यालयले जारी गरेपछि मात्रै सभापति देउवा सिंगापुर भ्रमणमा गएको जानकारी कांग्रेसका अरू नेताहरूले पाए । १० महिनाको अवधिमा देउवा दोस्रो पटक सिंगापुर भ्रमणमा गएका छन् ।

यस अघि उनी साउनको अन्तिम साता सिंगापुर भ्रमणमा गएका थिए । उनी सिंगापुर भ्रमणमा हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटघाट गरेको समाचारलाई नेपाली कांग्रेसले पुष्टि गरेको थियो । त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक महिना लामो भ्रमणका क्रममा थाइल्यान्ड र सिंगापुर पुगेका थिए । त्यसक्रममा पूर्वराजा शाह र कांग्रेस सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार दोभालको रोहबरमा भेटेको समाचार आएको थियो । तर, पूर्वराजा शाहसँग भएको देउवाको भेटघाटलाई भने त्यतिवेला नेपाली कांग्रेसले खण्डन ग¥यो । यसपटक पनि पूर्वराजा शाह एक महिना लामो बसाइका लागि सपरिवार गत साता थाइल्यान्ड प्रस्थान गरेका छन् । देउवाको यो भ्रमण पनि गत साउनको जस्तै पूर्वराजा शाहसँग भेटवार्ताका लागि केन्द्रित रहेको समाचार स्रोतले जनाएको छ । पूर्वराजा शाह र कांग्रेस सभापति देउवाको सम्भावित भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत पनि सामेल हुने समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार केही दिनभित्रै सत्तारुढ नेकपाका माथिल्लोस्तरका कुनै नेतालाई पनि सिंगापुर भ्रमण गराउने तारतम्य मिलाइएको छ । गत साउनमा भएको यस्तै भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष पशुपति समसेर राणा पनि सिंगापुर पुगेका थिए ।

नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका प्रोफेसर सुखदेव मुनी धेरै जसो सिंगापुर बस्ने गर्छन् । २०६२–०६३ को जनआन्दोलनमा सहयोगी भूमिका निर्वाह गरेका मुनी संविधानसभाद्वारा जारी संविधान प्रति भने खुसी छैनन् । कुनै हालतमा पनि संविधान तुहाउनु पर्ने भन्दै उनले मधेशीदलको आन्दोलनको समर्थनमा विज्ञाप्ति मात्रै निकालेनन् नाकाबन्दीका लागि आफ्ना प्रधानमन्त्री मोदीलाई आग्रह समेत गरेका थिए । समाचार स्रोतका अनुसार संविधान जारी भए यता प्रोफेसर मुनी राजतन्त्र पुनर्वाहालीको पक्षमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षीदलका नेता देउवा हिन्दू अधिराज्य पुनर्वाहालीको एजेन्डामा पुग्छन् कि , पुग्दैनन् ? भारतीय प्रधानमन्त्री मोदीले सहयोग गर्दैमा र देउवाले चाँहदैमा नेपालमा प्रतिगमन सम्भव होला र ? भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्ने गरेका छन् । तर, नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरू समेत देउवा प्रतिगामी कित्तामा उभिएलान भनेर पत्याउन तयार छैनन् । एक नेताले भने–‘२०४६ सालको जनआन्दोलनद्वारा स्थापित संसदीय प्रजातन्त्रलाई दरबारमा लगेर बुझाएकै कारण देउवा फेरी पनि प्रतिगमनको मतियार बन्छन् कि , भन्ने शंका गरिएको हुनपर्छ । तर, त्यो कित्तामा उभिए भने देउवा संकटमा पर्छन् । देउवा र पूर्वराजा शाहबीच नजिको पारिवारिक नाता सम्बन्ध रहेका कारण पनि अनेक प्रतिगमनको लाञ्छाना लगाउने गरिएको बताउँदै उनले भने–‘ राजनीतिमा दाजु–भाइ तथा बाबु–छोराकै अलग अलग कित्ता हुन्छ , आरजु राणा त रत्न शाहकी सहोदर बहिनी होइनन् काकाकी छोरी हुन् ।’ आजको सौर्य दैनिकमा समाचार छ ।