१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको नियन्त्रणमा सैनिक, दुवै पक्षमा गुपचुप



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको एक समूहले नेपाली सेनाका जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुबैतर्फबाट एक महिनासम्म चुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका २ स्थित आफ्नै घरबाट अपहरण गरेको हो।

सैनिक जवान शाहीका बुवा वीरबहादुर शाही कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो। चन्दा नदिएकै कारण शाहीलाई अपहरण गरिएको हो। सेनाले यो घटनालाई उत्तेजित पार्ने षड्यन्त्र भनेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।