मलंगवा । सर्लाहीको पश्चिमी क्षेत्र धनकौल–४ महिनाथपुरमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार अन्दाजी २५/२६ वर्षको देखिने महिलाको शव सिसौघारीमा फालिएको अवस्थामा फेला परेको हो ।
महिलाको नाक र मुखबाट रगत निस्केको छ। तर, शरीरमा कुनै गहिरो चोट भने देखिएको छैन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ।