६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : पुलिसको विजयी सुरुआत, कर्णाली प्रदेश पराजित



अ+ अ-

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो ।

१८६ रनको सामान्य चुनौती पछ्याएको कर्णाली प्रदेशले २७ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

कर्णाली प्रदेशका लागि सुशान्त थापाले २९, महेश खत्रीले १७ र दिनेश अधिकारीले १६ रन बनाए । पुलिसका लागि आरिफ शेखले ४ र ललितनारायण राजवंशीले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथले ७२ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ६२ रन बनाए ।

बलिङतर्फ सुदन पोख्रेलले पाँच र दिवन पुनले पनि दुई विकेट लिए ।