२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान, जमान र विश्वास भएको मान्छे हुँ, हल्लाका पछाडि नलाग्नुस् : पौडेल



अ+ अ-

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव महासचिव विष्णु पौडेलले जनताको भावनामा कुठाराघात गर्ने काम कहिल्यै नगर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र बुटवलमा आइतबार आयोजित कार्यक्रममा ‘जनताको परीक्षणबाट उत्तीर्ण भएको हुँ ।’ उनले भने ‘जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै गर्ने छैन् ।’

पौडेलले इमान, जमान र विश्वास बेच्ने मान्छे आफू नभएको भन्दै विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे।

जनताले दिएको अभिमतको दुरूपयोग गर्ने काममा कहिल्यै नलागेको र अबका दिनमा पनि नलाग्ने उनको दाबी छ।