२३ भाद्र २०८३, मंगलवार
,
Latest
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन भेडागोठमा लालबिरका सात दशक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको



अ+ अ-

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ ।

फाइल फोटो
हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ ।

बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।