४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो ताप्ने क्रममा जलेर मृत्यु



अ+ अ-

पाल्पा । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।

उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ । रासस