६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्थिव शरीर काँधमा बोकेर घाट पुगिन् स्मृति



अ+ अ-

काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर घाट पुगेकी छन् ।

गत शनिबार चार जना हतियारधारीको आक्रमणबाट मृत्यु भएका अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् ।

उनले सुरेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरी फाँसीको सजायँ दिलाएरै छाड्ने दृढता व्यक्त गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रहरीले सुरेन्द्रको हत्याको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिसकेको छ । स्मृति इरानीले पार्थिव शरीरलाई बोकेको तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।