काठमाडौं । इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो ।
रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टसले दबाब झेलेको थियो ।
साम्पडोरियाका ग्रिगोरी डिफ्रेलले ८४औं र जियानलुका क्यापरारीले इन्जुरी समयमा गोल गरेका थिए । च्याम्पियन युभेन्टसले अन्तिम खेलको हारसँगै ३८ खेलबाट ९० अंक बनायो । ५३ अंक बनाएको साम्पडोरिया नवौं स्थानमा रह्यो ।
दोस्रो स्थानमा रहेको नापोली ७९ अंक जोड्दै च्याम्पियन्स लिगमा यसअघिनै छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहेको एटलान्टाले ३८ खेलबाट ६९ अंक बनायो । समान अंक बनाएको इन्टर मिलानले गोल अन्तरका आधारमा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग यात्रा तय गर्यो ।