• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

मानिसले बिना पीडा १ मिनेटमै आत्महत्या गर्न सक्ने



जुरिच । स्वीट्जरल्याण्डले कफिन आकारको एक मेसिनलाई कानूनी स्वीकृति दिएको छ । यो मेसिनको सहायताले मानिसले १ मिनेटमै बिना पीडा शान्तिपूर्वक मृत्युलाई अँगाल्न सक्नेछ। यो मेसिन बनाउने कम्पनीले यस्तो जानकारी दिएको हो । मेसिनभित्र अक्सिजनको स्तर निकै कम हुने भएकाले हाइपोक्सिया र हाइपोक्याप्नियाका कारण मानिसको मृत्यु हुने बताइएको छ ।

यो मेसिनलाई भित्र बसेर पनि चलाउन सकिन्छ । रोगका कारण बोल्न वा हिँडडुल गर्न नसक्ने बिरामीका लागि यो मेसिन उपयोगी छ । प्रयोगकर्ताले यो मेसिनलाई आफ्नो मनपर्ने ठाउँमा लैजानुपर्छ। त्यसपछि मेसिनको नष्ट हुन योग्य क्याप्सुल अलग हुन्छ ता कि यसलाई कफिनका रुपमा प्रयोग गर्न सकियोस् । सुसाइड मेसिन बनाउने विचार गैरनाफामूलक संस्था एग्जिट इन्टरनेशनलका निर्देशक तथा ‘डाक्टर डेथ’ भनिने डाक्टर फिलिप नित्स्केले दिएको बताइएको छ ।

डाक्टर डेथको चर्को आलोचना

स्वीट्जरल्याण्डमा सहयोग लिएर आत्महत्या गर्नु कानूनसम्मत छ । गत वर्ष एक हजार ३०० जनाले आत्महत्या गर्न यो सेवा प्रयोग गरेका थिए। डाक्टर डेथले अप्रत्याशित कठिनाइ नआए अर्को वर्ष सार्को मेसिन देशमा उपलब्ध गराउने बताए । ‘यो अहिलेसम्म धेरै महँगो परियोजना भएको छ तर हामी ढुक्क छौँ कि हामी यसको कार्यान्वयनको धेरै नजिक छौँ’, उनले भने । 

उता मानिसहरूले डाक्टर डेथको चर्को आलोचना पनि गरिरहेका छन् । मानिसहरुले उनको मेसिनमा प्रयोग गर्ने तरिकालाई गलत भनिरहेका छन् । उनीहरुका अनुसार यो ग्यास च्याम्बरजस्तै छ । कतिपयले भने यो मेसिनले आत्महत्यालाई प्रोत्साहन गर्ने बताएका छन् । हाल दुई सार्को प्रोटोटाइप तयार गरिएको छ। अब तेस्रो मेसिन बनाइँदैछ जुन अर्को वर्षसम्म तयार हुनेछ ।