१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम आतंक र बन्द हड्ताल त्यागेर विप्लव समूह वार्तामा आउनुपर्छ : प्रचण्ड



अ+ अ-
फाइल फाेटाे

विराटनगर । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक विकास र समृद्धिका लागि अगाडि बढेको अवस्थामा बम आतंक र बन्द हड्ताल गर्नुको औचित्य नभएको बताएका छन् ।

सोमवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले बम आतंक र बन्द हड्ताल त्यागेर मुलुकको वर्तमान राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय अवस्थाका कारण विप्लव समूहलाई वार्तामा आउनुपर्ने बताए ।

अध्यक्ष दाहालले निर्वाचन ताका भएको समझदारी अनुसार ५ वर्ष सम्म नेकपा नेतृत्वमा सरकार संचालन हुने बताउदै समझदारी अनुसार नै सरकारको नेतृत्व बारे निर्णय हुने बताए ।

मिडिया काउन्सिल बारे सोधिएको प्रश्नमा अध्यक्ष दाहालले पत्रकारहरुले आफैले बनाएको आचारसंहिता पालना गर्ने गरी मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरिने स्पष्ट पारे ।