१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सर्वेक्षण सार्वजनिक, वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान रहेको पुनः दोहोर्याएका छन् ।

आर्थिक सर्वेक्षण बारे सोमबार बसेको संसद वैठकलाई जानकारी दिँदै मन्त्री खतिवडाले आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत रहेको जानकारी गराउँदै आर्थिक वृद्धि हासिल गर्ने बताए ।

‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भने। यस अघि निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या २१.६ प्रतिशत रहेको थियो। २.९ प्रतिशत विन्दुले घटेको सर्वेक्षणले जनाएको छ।

‘वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ,’ उनले भने। रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको उनले बताए।

‘४.२ प्रतिशत मुद्रार्स्फीति रहने। धेरै दशक यता आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ,’ उनले भने। फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको बताए। ‘यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको कारण विप्रेषण अप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ पुग्दा पनि हाम्रो भुक्तानी सन्तुलनमा केहि चाप परेको छ,’ उनले भने। सार्वजनिक ऋण ९ खर्ब पुगेको उनले बताए।

चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको उनको दावी थियो ।

मन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार तथा ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको संकेत गराएको समेत बताए ।