रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो ।
फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ