५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको ‘आकस्मिक’ दिल्ली भ्रमण, नेपाली अधिकारीहरूद्वारा अनभिज्ञता प्रकट



अ+ अ-

काठमाडौं । नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली समकक्षी केपी शर्मा ओलीलाई निम्तो पठाएका छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।

भारतीय पक्षले काठमाडौंस्थित भारतीय दूतावासमार्फत ओलीलाई शपथग्रहणमा आमन्त्रण पठाएको ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

ओलीसँगै परराष्ट्र सल्लाहकार भट्टराईका साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली ‘आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् ।दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ । मोदीको निम्तोका सम्बन्धमा दिल्लीस्थित नेपाली अधिकारीहरूले भने अनभिज्ञता व्यक्त गरे ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्दा मोदीको शपथग्रहणमा सार्क राष्ट्रका सरकार प्रमुखलाई निम्तो गरिएको थियो । त्यतिबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।

जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

यता मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स रहने कूटनीतिक स्रोतहरूले जनाएका छन् ।यस भन्दा पहिलो जित तथा सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमणका लागि भुटान छानेका थिए ।

मोदीले सम्भवतः जेठ २४ गते माल्दिभ्सको भ्रमण गर्ने कूटनीतिक स्रोत तथा माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्रमन्त्री सुषमा स्वराजले गत मार्च महिनामा माल्दिभ्स भ्रमण गरेकी थिइन् । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह माल्दिभ्सको सत्तामा आएपछि भारतले गरेको पूर्ण द्विपक्षीय भ्रमण त्यही थियो ।


भारत र माल्दिभ्सबीचको सम्बन्ध तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएपछि बिग्रेको थियो ।सोलिह यामीनलाई राष्ट्रपति निर्वाचनमा गत नोभेम्बर महिनामा हराएर राष्ट्रपति बनेका हुन् ।