५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोबाट जापान उडेको जहाजमा यात्रुको मृत्यु, पेटमा भेटियो २४६ कोकिनका थैली



अ+ अ-

काठमाडौं । मेक्सिको सिटीबाट उडेको एक जहाजमा सवार एक जापानी व्यक्तिको मृत्यु भएको छ । मेक्सिको अधिकारीका अनुसार ती व्यक्तिले २४६ थैली कोकिन निलेपछि उनको मृत्यु भएको थियो ।

सोनोराको सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती अनुसार थैली २.५ सेन्टीमिटर लम्बाई र १ सेन्टिमिटर चौडाईका थिए । पोष्टमार्टमका क्रममा उनको पेट र आन्द्रामा ती थैली भेटिएका थियो ।

विमान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलको लागि उडेको थियो । कोकिनको असरले व्यक्ति जहाज उडेको केही पछिनै बेस्कन काम्न थालेका थिए । त्यस पछि विमान मेक्सिकाको सोनोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।

अधिकारीका अनुसार यूडो एन नामले परिचित ती व्यक्तिमा ड्रग्सको अत्यधिक डोजको कारण हुने सेरेर्बल इडेमा भएको थियो । त्यसैले उनको मृत्यु भयो ।

व्यक्ति कोलम्बियाको राजधानी बोगोटोको यात्रा गरेर फर्किएका थिए ।

घटनाको अनुसन्धानको जिम्मवारी मेक्सिकोको संघीय अधिकारीहरुले लिएका छन् ।