६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजोड इन्स्योरेन्सको वनेपा शाखा कार्यालयको उद्घाटन



अ+ अ-

काठमाडौंं । अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको वनेपा शाखा कार्यालय उद्घाटन गरिएको छ । कम्पनीका संचालक आजाद श्रेष्ठको प्रमुख अतिथिमा बीमा समितिका अध्यक्ष चिरन्जिबि चापागाईले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा उद्योग वाणिज्य महासंधका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले संस्थाको उन्नती, प्रगतीको लागि शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै कम्पनीका संचालक श्रेष्ठले कम्पनीको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।