१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा जथाभावी चक्कु प्रहार, दुईको मृत्यु, केही घाइते



अ+ अ-

काठमाडौंं । जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।


सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए ।


टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।

निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।

करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।


जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘घटनाप्रति दुःख व्यक्त गर्दै आफूलाई निकै रिस उठेको’ बताए । ‘यो निकै दुःखदायी घटना हो,’ उनले भने, ‘ममृतकहरूप्रति समवेदना प्रकट गर्दै घाइतको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’


स्थानीय व्यक्तिहरूले मृतकफ्रति शोक व्यक्त गर्दै आत्रमणस्थलमा पुष्पगुच्छा राखेका छन् । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
जापानमा मानसिक रोगीहरूको उपचार केन्द्रमा सन् २०१६मा फूर्व कर्मचारीले चक्कुआक्रमण गरी १९ जनाको ज्यान लिएका थिए । आक्रमणका बेला उनले ‘मानसिक रोगीलाई आफूले अन्त्य गर्न चाहेको’ बताएका थिए । सन् २००१ मा ओसाकाको एक प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ८ विद्यार्थीको मृत्यु भएको थियो ।