६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा कम्युनिस्ट सरकारले देशलाई तहसनहस बनाउछ: थापा



अ+ अ-

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अहिलेका सरकारका गतिविधिले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद गर्ने बताएका छन् ।

स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए। उनले भने, ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।’

उनले चीन बाहेक कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गरे। नेता थापाले देशमा केही भएन भनेर व्यवस्था परिवर्तन गर्नु नपर्ने भन्दै यही व्यवस्थामा सही विचारले नेतृत्व गरे मात्र देश बदलिने बताए। यसका लागि क्षमता भएका व्यक्तिले नेतृत्व पाउनुपर्ने उनले बताए।