५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो



अ+ अ-

काबुल । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ ।

विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो ।

अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् । विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् ।

युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ ।
गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाई छ ।

हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ ।
तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो ।

राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।