काठमाडौं । काँडा भवानी माध्यमिक विद्यालय, काँडा, बाजुरामा कार्यरत शिक्षक भक्त बहादुर सिंहविरुद्ध मुद्दा दायर गरिएको छ ।
सिंहले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सार्वजनिक पद धारण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।
अनुसन्धानको क्रममा सिंहले दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तर प्रदेश, भारतबाट प्राप्त स्नातकतह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खुलेको उनले बताए ।