३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सीप विकास कार्यालयबाट घूस रकम सहित २ जना कर्मचारी पक्राउ

सीप विकास कार्यालयबाट घूस रकम सहित २ जना कर्मचारी पक्राउ
अ+ अ-

भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घूस रकम सहित २ जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार नगद सहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल तथा नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

आयोगका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले प्रमुख मण्डल तथा नासु धिमालले विद्युत तालिम सञ्चालन वापत सेवाग्राहीबाट कमिशन स्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका थिए ।

तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिशन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका आधारमा केही दिनयता टोलीले पछ्याइ रहेको थियो । यसै क्रममा आज विहान ११ वजे खजुरगाछीमा सञ्चालन भइरहेको विद्युत वाइरिङ तालिम वापतको १ लाख नगद भुक्तानी लिन आएका सेवाग्राहीले रकमको चेक बुझ्नु अगाडि ३५ हजार प्रमुख मण्डल र नासु धिमाललाई बुझाएका थिए । सोही रकम बुझेको आधाघण्टा भित्र दुबैजना अख्तियारको फन्दामा परेका हुन् ।

पक्राउ परेका नासु धिमालले भने आफूलाई आफ्नै कार्यालयका कर्मचारी प्रशिक्षक दीर्घ धिमालले फसाएको आरोप लगाए । उनका अनुसार दीर्घले प्रशिक्षर्थीको खाजाभत्ता वापत बैकबाट झिकेर ल्याएका एक हजार दरका ३५ हजार रकमलाई नै घूस बनाएर अख्तियार बोलाएको आरोप छ ।


पक्राउ परेका दुबैजनालाई टोलीले नियन्त्रणमा लिइ नगद सहित स्थानीय मुचुल्का बनाएर इटहरी लगेको छ ।