• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

सीप विकास कार्यालयबाट घूस रकम सहित २ जना कर्मचारी पक्राउ



भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घूस रकम सहित २ जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार नगद सहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल तथा नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

आयोगका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले प्रमुख मण्डल तथा नासु धिमालले विद्युत तालिम सञ्चालन वापत सेवाग्राहीबाट कमिशन स्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका थिए ।

तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिशन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका आधारमा केही दिनयता टोलीले पछ्याइ रहेको थियो । यसै क्रममा आज विहान ११ वजे खजुरगाछीमा सञ्चालन भइरहेको विद्युत वाइरिङ तालिम वापतको १ लाख नगद भुक्तानी लिन आएका सेवाग्राहीले रकमको चेक बुझ्नु अगाडि ३५ हजार प्रमुख मण्डल र नासु धिमाललाई बुझाएका थिए । सोही रकम बुझेको आधाघण्टा भित्र दुबैजना अख्तियारको फन्दामा परेका हुन् ।

पक्राउ परेका नासु धिमालले भने आफूलाई आफ्नै कार्यालयका कर्मचारी प्रशिक्षक दीर्घ धिमालले फसाएको आरोप लगाए । उनका अनुसार दीर्घले प्रशिक्षर्थीको खाजाभत्ता वापत बैकबाट झिकेर ल्याएका एक हजार दरका ३५ हजार रकमलाई नै घूस बनाएर अख्तियार बोलाएको आरोप छ ।


पक्राउ परेका दुबैजनालाई टोलीले नियन्त्रणमा लिइ नगद सहित स्थानीय मुचुल्का बनाएर इटहरी लगेको छ ।