६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रियाका चान्सलर कुर्जलाई संसदबाट हटाइयो



अ+ अ-

काठमाडौं । युरोपेली मुलुक अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जलाई संसदबाट हटाएको छ । उनको सत्ता गठबन्धनमा रहेका एक नेताको नशालु पदार्थ सेवन गरिरहेको भिडियो सार्वजनिक भएपछि संसदको विशेष वैठक बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव स्वीकृत भएपछि कुर्जको चान्सलर पद गुमेको हो ।

अष्ट्रियाको संसदमा कुल १८३ सदस्य छन् । जसमा ५१ सिट रहेको प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्स (एसपीओं र ५२ सदस्य सांसद रहेको फार राइट फ्रिडम पार्टी (एफपीओ) ले कुर्जको विपक्षमा मत हाले ।

एफपीओ कुर्ज गठबन्धन सरकारको एउटा हिंसाका रुपमा रहँदै आएको थियो । सन् २०१७ मा कुर्जको राजनीतिक हित र स्वार्थसम्बन्धी विवादास्पद भिडियो बाहिरियो जसमा रुसकी एक धनाढ्य परिवारकी युवतीलाई अष्ट्रियन पत्रिकाको शेयर खरीद गरी पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्न आग्रह गरिएको थियो । यो भिडियो प्रकरणपछि एफपीओ राजनीतिक अन्योलमा परेको विश्लेषण हुँदै आएको थियो । यद्यपि, उसले कुर्जसँगको सम्बन्ध तोड्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत जायर गरेको छ ।

कुर्जलाई संसदबाट हटाएपछि अष्ट्रियाका राष्ट्रपतिले नवनियुक्त भाइस चान्सलर हार्ट्विग लोगरलाई अन्तरिम नेताको रुपमा चयन गरेका छन् ।