६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाको उद्धार



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवती महिलाको उद्धार गरेर काठमाडौँ लगिएको छ । गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

पाँच महीनाकी गर्भवती राईलाई कडा रक्तअल्पताका कारण उपचारमा समस्या भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा मिङ्मार छिरिङ शेर्पाले जानकारी दिनुभयो । डा शेर्पाका अनुसार तीन पाउण्ड रगत दिएपछि त्यसको रियाक्सन (प्रतिक्रिया) शुरु भएपछि जीवन बचाउन काठमाडौँ सिफारिस गरिएको हो ।

पारिवारिक अवस्था अत्यन्त नाजुक भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलपश्चात नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौँ लगिएको छ । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार्यविधिमा लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ ।

हवाई उद्धारकार्यको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा गठित आठ सदस्य समितिले काम गर्छ । स्थानीय तहमा हवाई उद्धारकार्यका लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्षको संयोजकत्वमा समिति बनाउने उल्लेख गरिएको छ ।