१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका कपको तयारी गरिरहेका नेयमार घाइते



अ+ अ-

काठमाडौं। कोपा अमेरिका कपको तयारीमा रहेका ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणकै क्रममा घाइते भएका छन्। उनको बाँया खुट्टाको घुडामा समस्या देखीएको छ ।

पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा फर्किएका थिए । कोपा अमेरिका कप आउन अब केही दिन मात्रै बाँकी छ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

ब्राजिल टोलीको कप्तानबाट नेइमारलाई हटाइएको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलका प्रशिक्षक टिटेले रक्षक ड्याली आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् ।

प्रशिक्षणकै क्रममा मंगलबार राति नेइमार घाइते समेत भएका छन् । उनको घुँडामा चोट लागेको छ । सामान्य चोट लागेका नेइमार जुन १४ बाट सुरु हुने कोपा अमेरिका कप खेल्ने सक्ने बताईएको छ ।

रुस विश्वकपमा टोलीको कप्तान रहेका नेइमारले त्यसपछि मैदानमा अनुशासनहिन कार्य गर्दै आएको भन्दै प्रशिक्षक टिटेले उनलाई हटाएका हुन् । नेइमार र आल्भेस दुवै पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्छन् ।

आल्भेसले यसअघि पनि ब्राजीलको कप्तानी गरेका थिए । कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा ब्राजिलसँगै बोलिभिया, भेनेजुएला र पेरु छन् । कोपा अघि ब्राजिलले कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।