६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिशाले सलमानसँग अन्तिम हुनसक्ने बताएपछि खानले दिए यस्तो जवाफ



अ+ अ-

काठमाडौं । भारतीय अभिनेत्री दिशा पाटनीले फिल्म भारतमा पहिलो पटक सलमान खानसँग काम गरेकी छिन् । तर दिशाले सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम फिल्म हुनसक्ने बताएकी छिन् । एक अन्तरवार्तामा दिशा आफैंले यसबारे कुरा गरेकी हुन् ।

दिशाले भनिन्, ‘फिल्मका लागि निर्देशक अली अब्बसले मलाई फोन गरेर फिल्ममा मेरो भूमिका स्पेशल अपियरेन्सभन्दा बढी हुने जानकारी दिए । मैले उक्त भूमिकाका लागि हुन्छ भनिदिएँ किनभने यो भूमिका सलमानको अपोजिटमा थियो । मलाई यो फिल्मपछि सलमान खानसँग काम गर्न पाउँला नपाउँला भन्ने लाग्यो । अली सरले पनि स्क्रिप्ट सुनाउने बेला मलाई यही भनेका थिए ।’

उमेरको भिन्नताका कारण दिशाको यस्तो बयानः

जब उनलाई कि यस्तो लाग्छ भनेर सोधियो तब उनले भनिन्, ‘मेरो र सलमानको उमेरमा निकै ठूलो अन्तर छ । फिल्ममा सलमानलाई जवानको रुपमा पनि देखाइएको छ । यसै कारण मलाई उनको अपोजिटमा लिइएको हो । ’


दिशाको उक्त बयानपछि सलमान खानले पनि प्रतिक्रिया दिएका छन् । सलमानले एक अन्तरवार्तामा भने, ‘उनी कुन उमेर अन्तरको कुरा गरिरहेकी छिन् ? म अहिले पनि १७ वर्षकी नायिकासँग फिल्म खेलिरहेको छु ।’