• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

घरपालुवा गाईवस्तुमा खोरेत रोग



हुम्ला । सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिनुभयो । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मी नभएको भनेर फिर्ता गरेको परियारले जानकारी दिनुभयो । आफूले सिमकोटमा रहेको पठानेको पशु क्लिनिकबाट एक औषधिको रु २०० तिरेर औषधि लिएको उहाँले बनाउनुभयो ।

उता सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी भने यो भन्दा अगाडि पशु स्वास्थ्यकर्मी ठेहेमा पठाइएको भन्दै फेरि पनि पठाउने तयारी गरिरहेको बताउनुभयो । अहिले ठेहेमा रहेका गाईवस्तुमा एकबाट अर्कोमा सर्दै गएकाले पूरै गाउँका गाईवस्तुले मुखमा ¥याल, खुट्टा पाक्ने रोग देखापरेको परियारले जानकारी दिनुभयो ।

गाउँपालिकाका पशुस्वास्थ्यकर्मी आजभोलि पशुमा देखिएको रोग प्रभावित क्षेत्र डाँडाफयामा उपचार गरिरहेको जानकारी प्राप्त भएको छ । वडा नं ७ मा पनि गाईवस्तुमा डिस्टोकिया रोग देखिएको हुनाले उपचारमा पशु स्वास्थ्यकर्मी खटिएको अधिकृत दर्जीले जानकारी दिनुभयो ।