६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र संस्थागतसँगै मुलुक समृद्धितर्फ



अ+ अ-

चितवन । गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढ्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले प्रभातफेरीपछि आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गणतन्त्र संस्थागत हुनका लागि देशमा समृद्धि आवश्यक रहेको भन्दै सरकार त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही समारोहमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबै राष्ट्रसेवकहरुले इमान्दारीपूर्वक काम गरेर जनतालाई गणतन्त्रको आभास दिलाउनुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी गरिएको थियो ।