६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरबुवाको निधन भएको भोलिपल्टै अजय देवगनकी छोरी सैलुन पुगेपछि….



अ+ अ-

काठमाडौं । बलिउड सेलिब्रिटी अजय देवगनको पिताको मृत्यु भएको दुई दिन मात्र भएको छ । उनको परिवार शोकमा छ । अजयको पिताको अन्तिम संस्कारमा सहभागी हुन भारतीय कलाकारहरु उनको दैलोमा पुगेका थिए । तर हजुरवुवाको मृत्यु भएको भोलीपल्टै उनकी नातिनी भने सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । बलिउड सेलिब्रटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार बन्ने गरेका छन् । अब यो सूचीमा नायक अजय देवगनकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।

सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक सैलुनमा कपाल काट्न पुगेको भिडियो सार्वजनिक भएपछि उनी आलोचित भएकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी आलोचित बनेकी हुन् । उनलाई अहिले सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ ।
उक्त तस्बिरमा उनी खैरो कार्गो पाइन्छ, सेतो टप र सेतो स्निकर्समा क्यामरालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । प्रयोगकर्ताले ‘हजुरबुवाको निधन भर्खरै भएको छ तरपनि कपाल काट्न हिँडिन्’ भन्दै प्रश्न गर्न थालेका छन् । स्मरण रहोस्, अजयका पिता एवं बलिउडका चर्चित एक्सन निर्देशक विरु देवगनको मे २७ मा निधन भएको थियो । उनको अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्तीको पनि सहभागिता थियो ।