• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी

बालक अपहरण गरी हत्या गर्ने २ अपहरणकारीलाई प्रहरीले गोली हान्यो



पर्सा । बालक अपरहण गरी हत्या गरेको आरोपमा पक्राउ परेका २ जना भाग्न खोजेपछि प्रहरीको गोली चलाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयको टोलीद्वारा बच्चा अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर दुवै आरोपी घाइते भएका छन् ।

बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको प्रहरीले पर्सा प्रहरीले जनाएको छ।

दुवैको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।

बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।बालक साहको जेठ १० गते अपहरण भएको थियो । प्रगतिनगरमै बस्ने विकासले बालकलाई फकाइफुल्याई वीरगंज स्थित घण्टाघरबाट बालकलाई टेम्पुमा राखेर अपहरण गरेको थियो ।

हत्या गर्नुपूर्व करनको भ्वाईस रेकर्ड गरेर केहि दिन देखि करनका बुबा शम्भु साहलाई फिरौती माग्दै आएका थिए । अपहरणकारीले शम्भु शाहसंग सुरुमा ५० लाख रुपैयाँको बार्गेनिंग गरेको थियो भने ५ लाख रुपैया दिने कुरामा सहमति भइसकेको थियो । विरगंज स्थित प्रगतिनगर बस्ने शम्भु शाह कवाडखाना संचालन गर्दै आइरहेका थिए ।

बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घण्टा पछि करनलाई सम्हाल्न नसकेपछि ३ जना अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए । 

उनीसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको अनुमान प्रहरीको छ ।

यता, प्रहरीले बालकको शव फेला पारिसकेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिआइजी पालले जानकारी दिए ।