३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बालक अपहरण गरी हत्या गर्ने २ अपहरणकारीलाई प्रहरीले गोली हान्यो

बालक अपहरण गरी हत्या गर्ने २  अपहरणकारीलाई प्रहरीले गोली हान्यो
अ+ अ-

पर्सा । बालक अपरहण गरी हत्या गरेको आरोपमा पक्राउ परेका २ जना भाग्न खोजेपछि प्रहरीको गोली चलाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयको टोलीद्वारा बच्चा अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर दुवै आरोपी घाइते भएका छन् ।

बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको प्रहरीले पर्सा प्रहरीले जनाएको छ।

दुवैको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।

बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।बालक साहको जेठ १० गते अपहरण भएको थियो । प्रगतिनगरमै बस्ने विकासले बालकलाई फकाइफुल्याई वीरगंज स्थित घण्टाघरबाट बालकलाई टेम्पुमा राखेर अपहरण गरेको थियो ।

हत्या गर्नुपूर्व करनको भ्वाईस रेकर्ड गरेर केहि दिन देखि करनका बुबा शम्भु साहलाई फिरौती माग्दै आएका थिए । अपहरणकारीले शम्भु शाहसंग सुरुमा ५० लाख रुपैयाँको बार्गेनिंग गरेको थियो भने ५ लाख रुपैया दिने कुरामा सहमति भइसकेको थियो । विरगंज स्थित प्रगतिनगर बस्ने शम्भु शाह कवाडखाना संचालन गर्दै आइरहेका थिए ।

बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घण्टा पछि करनलाई सम्हाल्न नसकेपछि ३ जना अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए । 

उनीसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको अनुमान प्रहरीको छ ।

यता, प्रहरीले बालकको शव फेला पारिसकेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिआइजी पालले जानकारी दिए ।