२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको शपथ ग्रहणमा राजनीति प्रतिशोध हावी, पाकिस्तानलाई निम्तो नै गरेनन्



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता नगरेकोमा खासै मतलब नदिएको पाकिस्तानले बताएको छ । भारतीय प्रधानमन्त्रीले राजनीति गर्न पाकिस्तानी समकक्षीलाई आमन्त्रण गर्न नसकेको पनि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले दाबी गरेका छन् । मोदीले भारतीय प्रधानमन्त्रीको रूपमा बिहीवार शपथ लिँदै छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।

यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।

जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

यता मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स रहने कूटनीतिक स्रोतहरूले जनाएका छन् ।यस भन्दा पहिलो जित तथा सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमणका लागि भुटान छानेका थिए ।

मोदीले सम्भवतः जेठ २४ गते माल्दिभ्सको भ्रमण गर्ने कूटनीतिक स्रोत तथा माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्रमन्त्री सुषमा स्वराजले गत मार्च महिनामा माल्दिभ्स भ्रमण गरेकी थिइन् । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह माल्दिभ्सको सत्तामा आएपछि भारतले गरेको पूर्ण द्विपक्षीय भ्रमण त्यही थियो ।


भारत र माल्दिभ्सबीचको सम्बन्ध तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएपछि बिग्रेको थियो ।सोलिह यामीनलाई राष्ट्रपति निर्वाचनमा गत नोभेम्बर महिनामा हराएर राष्ट्रपति बनेका हुन् ।