३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बझाङको बुंगल नगरपालिकामा शंकास्पद बस्तु फेला, बम भएको आशंका

बझाङको बुंगल नगरपालिकामा शंकास्पद बस्तु फेला, बम भएको आशंका
अ+ अ-

बझाङ । जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ ।

बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

बझाङका सिडिओ सुरेश सुनारका अनुसार सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ ।

‘वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ’, बझाङका सिडिओ सुनारले भने, ‘शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको छ ।’२ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो ।

त्यस्तै हिजो जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा कालो भोलाभित्र बम फेला परेको थियो। बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले मंगलबार बिहान करिब ७ बजे तिर फेला परेको बम निष्कृय पार्यो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीका अनुसार बम आफैँले बनाएको जस्तो रहेको र त्यसमा घडीसमेत राखिएकाले डिजिटलबम जस्तो नभएको बताए ।

प्रहरी निरीक्षक वकिल सिंहका अनुसार बम राति राखिएको बुझीएको छ । उनले भने, ‘बिहान शङ्कास्पद वस्तु भेटिएको हो।’ उनले नै शङ्कास्पद वस्तु फेला परेको भन्दै सेनालाई खबर गरेका हुन्।

पछिलो समय काठमाडौंको सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको बम विस्फोटमा परि तीन जनाको मृत्यु भएसँगै प्रहरीले विप्लव समूहमाथि निगरानी बढाएको छ ।