५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहसँग समन्वय नगरे देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ : पौडेल



अ+ अ-

डोटी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई निषेध गरेको आरोप लगाएका छन् ।

प्रेस युनियन डोटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘भ्रष्टाचार गर्नकै लागि स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यकर्ताहरुलाई योजना बाँड्ने काम भएको छ । यसले देशमा समृद्धि आउँदैन, भ्रष्टाचार मात्रै बढ्छ ।’

नेता पौडेलले निर्वाचन क्षेत्र बिशेष पूर्वाधारका नाममा सांसदहरुले बाँड्न पाउने बजेट वितरण गर्न नहुने तर्कसमेत गरेका छन् ।

नेता पौडेलले प्रदेश र केन्द्रीय सरकारले मनपरी ढंगले योजना वितरण गर्ने गरेको भन्दै अब कुनै पनि हालतमा यस्तो नहुने बताए ।

आफू पहिले देखिनै यसको बिरोध गरेको भन्दै उनले कुनै बिश्वासिलो मापदण्ड नभइ सांसदले रकम बाँड्नुले भ्रष्टाचार बढाउने उनको नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले देशमा अहिले दुई प्रकारका हिंसाको खतरा रहेको विशलेषणसमेत गरे । ‘एकातिर जनबिद्रोहको नाममा बम पड्काउने काम भएको छ, यो एक प्रकारको हिंसा हो,’ उनले अघि भने, ‘अर्कोतिर भ्रष्टाचार चर्किएको छ, यो अर्को प्रकारको हिंसा हो ।’

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।

देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरे ।