६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले बजेट भाषण गर्दा कति पैसा पाउँछन् ?



अ+ अ-

काठमाडौं । अर्थमन्त्रीले संसदमा बजेट भाषण गरेवापत कति रुपैयाँ पाउलान् ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला ?

यस्तै हल्ला सुनेकी एकजना पूर्वअर्थमन्त्रीकी पत्नीले आफ्ना पतिसँग बजेट भाषण पढेवापतको पैसा मागेको रहस्य खुलेको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारका अर्थमन्त्री शंकर कोइरालाले बजेट भाषणपछि आफ्नी पत्नीलाई प्रष्टीकरण दिनुपरेको हल्ला संचार माध्यममा नएका होइनन् ।

‘बजेट पढेको पारिश्रमिक खै भनेर मेरो परिवारमा पनि प्रश्न सोधियो’ पूर्वमन्त्री कोइरालाले भने-‘अर्थमन्त्रीले बजेट पढेको पारिश्रमिक लिने चलन छैन’ उनले भने -पहिले पनि लिने चलन थिएन, हल्लामात्रै चलेको हो ।’

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् ।

यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पनि संसदमा बजेट भाषण पढेवापत एक पैसा नपाइने गरेको आफ्नो अनुभव सुनाउँछन् । ‘अर्थमन्त्रीले बजेट वक्तव्य दिँदा एक लाखदेखि दुईलाखसम्म भत्ता पाउँछन् भन्ने हल्ला मेरो पालामा पनि चलेको थियो,’ पूर्वअर्थमन्त्री अधिकारीले भने, ‘मैले बजेट पढ्दा एक पैसा लिएको छैन । अर्थमन्त्रीले पैसा पाउँछ भन्ने हल्लामात्रै हो ।’

पञ्चायतकालमा राजाले अर्थमन्त्रीलाई बक्सिस दिने गरेको भए आफूलाई त्यसबारे थाहा नभएको तर संसदीय लोकतन्त्रमा कुनै पनि अर्थमन्त्रीलाई त्यसरी भत्ता दिने चलन नरेको अधिकारीले बताए ।