६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : प्रदेश दुईले पहिलो जित दर्ता गरायो, शाहको अर्धशतकीय पारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित दर्ता गराएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश दुईको जितमा हरिशंकर शाहले अर्धशतकीय पारी खेले । उनले अविजित ५५ रन बनाए । त्यस्तै हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले अविजित १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३०.४ ओभरमा ९३ रनमा समेटियो ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले दोस्रो ठूलो स्कोरको रुपमा १४ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का कुमार थापाले ३ विकेट लिँदा, रसिद खान,समसद शेख र हरिशंकर साहले समान २–२ विकेट हात पारे ।

यता अर्के खेलमा नेपाल पुलिस क्लबका अमित श्रेष्ठले शतक प्रहार गरेका छन् । मुलपानी मैदानमा भएको खेलमा अमितले प्रदेश १ विरुद्धको खेलमा शतक बनाएका हुन् ।

ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै सो योगफल तयार पारेका थिए ।

पुलिसको इनिङमा अन्य कनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४, मञ्जित श्रेष्ठ ११, रामनरेश गरिी ११ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।

पहिला ब्याटिङ गरेको पुलिसले प्रदेश १ लाई १८६ रनको लक्ष्य दिएको छ । ४३.१ ओभरमा सबै विकेट गुमाउँदै पुलिस १८५ रनमा सिमित भयो । बलिङतर्फ कमद खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँढे ।