६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नक्कली मदिरा, सत्र जनाको ज्यान गयो



अ+ अ-

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको हिजो जनाएका थिए । आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय मिडियाले हिजो नै मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिनु भएको थियो ।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।