६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो



अ+ अ-

अबुजा । नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गर्नुभयो । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् ।

शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिनुभयो । गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन । आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।

जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ । कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्ने गरेका छन् ।