१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कोइला खानीमा ५ जना मारिए



अ+ अ-

चाङ्शा । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो ।
स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ ।