२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर केपी शर्मा ओलीको नाम राजनेता !



अ+ अ-

काठमाडौं । प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयका अध्यक्ष युनले नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सङ्घर्ष र योगदानको सम्मानस्वरुप मानार्थ विद्यावारिधि प्रदान गरिएको जानकारी दिए ।

उनले विश्वविद्यालयले प्रदान गरेको उपाधि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए । उनले भने, “प्रधानमन्त्री ओली आजदेखि काङनाम विश्वविद्यालयको पूर्वविद्यार्थी सङ्गठनमा आबद्ध हुुनुभएको छ । यो कोरिया र नेपालका लागि गौरवको विषय हो ।”

यो पनि

http://newspolar.com/2019/05/93693

आफूले १० वर्ष अगाडि प्रधानमन्त्री ओलीलाई भेटेको स्मरण गर्दै अध्यक्ष युनले त्यतिबेला आफूले भेट्दा नेता ओली मुलुकमा राजतन्त्रको अन्त्य गरी मुलुकमा सुशासन, विकास, शान्ति, स्थिरता ल्याउन प्रयाररत रहनुभएको प्रसङ्ग उल्लेख गरे । उनले प्रधानमन्त्री ओलीको नाम असल राजनेताका रुपमा लेखिने विश्वास पनि व्यक्त गरे ।

उनले विश्वविद्यालयले उपाधि प्रदान गरेसँगै दुई देशबीचको सम्बन्ध तथा काङनाम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ, सबल र समृद्ध हुने विश्वास व्यक्त गरे ।

उपाधि दिने संस्था क्रिश्चियन

विश्वविद्यालयले आफ्नो बारेमा वेभसाईटमा लेखेको छ हाम्रो यो शैक्षिक संस्थाको स्थापना ईसाई धर्मको भावना अनुसार १९४६ मा ग्योङ्गचेओन अर्थात् स्वर्ग र मानव जातिको पूजा गर्नको लागि खुलेको हो । जब जापानी उपनिवेश सकिएर गरिबी र विनाशबाट हामीले मुक्ति पायौं त्यसपछि खुलेको हामीले ७० ‌औं वर्षगाँठ मनाइसकेका छौं ।

यसरी सोही कलेजेको वेभसाईटमा लेखिए अनुसार यो एउटा क्रिश्चियन धर्म प्रचारक विश्वविद्यालय हो । जसले क्रिश्चियन धर्मको भावना अनुसारको शिक्षा दिने गरेको छ । सोही विश्वविद्यालयबाट प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि लिन लागेका हुन् ।

प्रधानमन्त्रीले विवादास्पद विद्यावारिधि ग्रहण गरेको यो पहिलोपटक होइन । उनलाई २०६७ असोज ११ गते अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो ।

त्यस्तै गत चैत २५ गते राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीलाई त्यहाँको उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्‍यो । उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई ‘अनररी डक्टर अफ साइन्स’ (मानार्थ विद्यावारिधि) द्वारा विभूषित गरेको थियो ।