६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजना सम्पन्न गर्न ७ अर्ब रकम विनियोजन, छात्रालाई सेनेटरी प्याड



अ+ अ-

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न ७ अर्ब ३९ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत बहुचर्चित मेलम्ची खानेपानी योजना सम्पन्न गर्न उक्त रकम छुट्याएको हो ।

त्यस्तै सरकारले मेलम्ची खानेपानी आयोजना आगामी वर्षभित्र सम्पन्न गर्ने बजेटमार्फत प्रतिबद्धता जनाएको हो ।

यता कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने घोषणा गरिने जनाइएको छ । बजेटमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने जनाइएको छ ।

कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन गरिएको छ ।

त्यस्त ैसरकारले आगामी अवमा दुध, माछा मासु, ताजा तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको छ । यसका लागि कृषिमा अनुदानको घोषणा अर्थमन्त्रीले गरे ।

यता सरकारले सुनकोशी मरिन बहुउद्देशीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ ।

सरकारले भूमिको दिगो समाधानको लागि भूमि ऐन ल्याउने जनाएको छ । बजेटमा अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्र सरकारीकरण गरिने जनाइएको छ भने भूमि व्यवस्थापनका लागि छुट जग्गा दर्ता गर्ने जनाइएको छ ।

त्यस्तै भूमि बैंकको स्थापना गरिने र जग्गा भाडामा उपलब्ध गराइने समेत जनाइएको छ ।सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ ।

सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ ।५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले बताएका छन् ।