१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ थन्कियो च्यातिएको त्यो ब्रिफकेस ?



अ+ अ-

काठमाडौं । नेपालको बजेटको इतिहास त्यति लामो छैन । पहिलो बजेट २००८ सालमा प्रस्तुत गरिएको थियो । त्यति बेला ५ करोड २५ लाख रुपियाँबाट सुरु भएको बजेट पछिल्लो दिन १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखसम्म पुगेको छ ।
तर अहिलेसम्म आम जनतालाई सन्तुष्ट हुने खालको बजेट नआएको आरोप छ । बजेट ल्याउने क्रममा कहिले ब्रिफकेस च्यातिएका छन् त कहिले संसद्मा प्रस्तुत नहुँदै बजेट सार्वजनिक भएको घटनाले अधिकांश बजेट विवादित र आलोचित बन्दै आएको छ ।

२००८ सालमा नेकपा एमालेका तर्फबाट अर्थमन्त्री बन्नुभएका सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६६/६७ को बजेट ल्याउँदा बजेटमा ठूलै हंगामा मच्चिएको थियो । तत्कालीन नेकपा माओवादीका सांसदहरुले मन्त्रीको हातबाट बजेटको ब्रिफकेस नै खोसेका थिए । त्यति मात्रै नभई सोही ब्रिफकेसले मन्त्रीमाथि नै हमला हुँदा उहाँ घाइते हुनुभएको थियो । यस्तो दयनीय अवस्थाको स्मरणका लागि च्यातिएको त्यो ब्रिफकेस संग्रहालयमा राख्ने निर्णय गरिएको थियो ।

उक्त ब्रिफकेस अहिले काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखेको बताइन्छ । तर, राजनीतिक दबाबका कारण त्यसलाई प्रदर्शनीमा नराखिएको संग्रहालय स्रोतको दाबी छ ।

तत्कालीन अर्थमन्त्री पाण्डे भने आफूले उक्त घटना बिर्सिएको बताउँदै भन्नुहुन्छ– ‘अहिले पार्टी र हामी हिँड्ने बाटो एउटै भएको छ । त्यसैले बितेको कुरा नगरौं भविष्यको कुरा गरौं ।’

तत्कालीन नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ भने कम्युनिस्ट–कांग्रेस सबै खत्तम भएको टिप्पणी गर्दै भन्नुहुन्छ– ‘त्यति बेला सुटकेस फोड्ने हामी नै हौं, डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसले त्यो सरकारलाई बजेट पेस गर्न अवरोध पुर्याएको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।