![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/RoS_Ktm1-1-1000x667.jpg)
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् । आज दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली जाने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ ।
प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।