१६ असार २०८३, मंगलवार
,
Latest
विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली भारत जाँदै



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन् । आज दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली जाने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ ।

प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।




भर्खरै