१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी प्रयोग गरेका आँप बजारमा



अ+ अ-

लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।