३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी

वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी
अ+ अ-

चितवन । गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन् । मैनालीले कारागार नियमावलीमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिन बन्देज लगाइएकाले रोकिएको बताउनुभयो ।

सबैभन्दा बढी चितवन कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ३९ कैदीको आममाफीका लागि सिफारिस गरिएको थियो । उनीहरु अधिकांश गैँडा तस्करीमा संलग्न भएको अभियोगमा थुनामा छन् । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भरतपुरमा मात्र वन्यजन्तुका ९६ कैदीबन्दी छन् । वन्यजन्तुसँग सम्बन्धित तीन वृद्धसहित ३९ को सिफारिस गरिएकामा तिनीहरुको आममाफी नभएको उहाँले बताउनुभयो । विसं २०६२ सम्म वन्यजन्तुसँग सम्बन्धित कैदीले आममाफी पाउने गरेको भए पनि त्यसयता नपाएको काफ्लेले जानकारी दिनुभयो ।

कूल सिफारिस भएका ५७ मध्ये हातहतियार, डाँका र सवारी ज्यानका १५ ले मात्र आममाफी पाएका छन् । गणतन्त्र दिवसका अवसरमा देशभरका कारागारबाट ४३४ लाई आममाफी दिइएको छ । आधा कैद भुक्तान गरी असल चालचलन भएकालाई विशेष अवसर पारेर आममाफी दिने प्रचलन छ । सबै मुद्दाका कैदीबन्दीले आममाफी नपाउने व्यवस्था छ ।