१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ



अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो ।

कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार कँडेलको नेतृत्वमा आएको टोलीले बुधबार भरतपुर महानगरपालिका–१५ मा निर्माण हुँदै गरेको रङ्गशालाको अस्थायी बार भत्काएका थियो । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो । रङ्गशालाको पश्चिमतर्फ घर जग्गा भएका स्थानीयवासीले बार भत्काएका थिए ।

हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । बाटो विस्तारका लागि थप जग्गा क्रिकेट रङ्गशालाका तर्फबाट छोड्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीका अनुसार बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् ।

निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ । फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्थानीय नेताको नेतृत्वमा आएको समूहले अस्थायी संरचनामा डोजर लगाएर भत्काइदिएपछि समस्या समाधान नभएसम्म काम गर्न नसकिने जनाएको हो । फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले विज्ञप्ति जारी गरेर काम गर्न नसक्ने जानकारी दिनुभएको छ ।