१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध खैरो हिरोइनसहित पक्राउ



अ+ अ-

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिनुभयो ।

कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताउनुभयो । पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् ।