५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सथप ग्रहण समारोहमा भाग लिन विनोद चौधरी दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहीबार विहान दिल्ली गएका हुन् ।

भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह बिहीबार साझ भारतीय समयअनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

मोदीले आफ्नो सपथ ग्रहणमा विम्स्टेक देशका सरकार÷राष्ट्र प्रमुखलाई बोलाएका छन्। मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजै नयाँ दिल्ली जाँदै छन्।

सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी थिए। मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहेको चौधरी ग्रुपले जनाएको छ।

चौधरीको अध्यक्षतामा रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्र सम्वन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्रीका रूपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालिन केन्द्र सरकारले अनुमति नदिएका कारण उनको नेपाल आउने कार्यक्रम त्यतिबेला रद्ध भएको थियो ।

मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।