३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बजेटप्रति डोल्पाली असन्तुष्ट

बजेटप्रति डोल्पाली असन्तुष्ट
अ+ अ-


डोल्पा-सरकारले ल्याएको आव २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ । बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तारगर्ने कुरा समेटेर डोल्पालीलाइ झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका हुन् ।

यसअघि नै दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिसके पनि पुनःदुनैसम्म सडक सञ्जाल बिस्तार गर्ने भन्दै अन्य विकासमा नयाँ बजेटले उपेक्षा गरेको डोल्पालीले गुनासो गरे । करीब ११८ किमी लम्बाइ भएको जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य पूरा गरेर सात महीनाअघि नै त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटमा औपचारिक उद्घाटन भइ सकेको छ ।

तत्कालीन जिल्ला विकास समिति र केन्द्रबाट आएको बजेटले दुनै–त्रिपुराकोट, दुनै जुफाल सडकखण्डको निर्माण कार्य सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । दुनैसम्म यसअघि नै सडक जोडिसकेकाले अब दुनैसम्म सडक जोड्ने नभएर स्तरोन्नति गर्नुपर्ने सदरमुकामवासीको मागपछि नेपाली सेनाले त्रिपुराकोट–दुनै सडकखण्डको काम अन्तिम चरणमा पु¥याएको छ ।

आवश्यक पक्की पुल निर्माण र सडकको स्तरोन्नतिका लागिसमेत बजेट नछुट्याएको भन्दै डोल्पाली असन्तुष्ट भएको स्थानीय युवा नेता योगेन्द्र बुढाले असन्तुष्टि व्यक्त गर्नुभयो । सेनाले जाजरकोट–डोल्पा सडकखण्डको कच्ची सामान्य बाटो खोल्ने काम गरेर जीप, ट्र्याक्टरलगायतका यातायातका साधन सञ्चालनमा आए पनि आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै कष्टपूर्ण यात्रा गर्नुपर्ने भएकाले सर्वसाधारणले सास्ती खेपिरहेको उहाँले बताउनुभयो ।

उक्त सडकखण्डमा पर्ने राडी, तल्लु, हरियापानी, सुपानी, छलगाड, रुपगाडलगायतका एकदर्जन ठाउँमा पक्की पुल निर्माण गर्न आवश्यक छ । नयाँ बजेटमा नेपाल–चीन नाका मोरिम–दुनै, तिन्जे, धोसम्मको सडकखण्डका लागि बजेट विनियोजन गर्नुभन्दा जाजरकोट डोल्पा सडकमा आवश्यक पर्ने पक्की पुल निर्माण र स्तरोन्नतिका लागि बजेट विनियोजन गर्नु आवश्यक रहेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले धारणा राख्नुभयो ।

पक्की पुल निर्माणका लागि बजेट छुट्याउनुपर्ने र बीचबीचमा बेलीब्रिज निर्माण गरेर अस्थायीरुपमा भए पनि सिधा यातायात सञ्चालन गर्नुपर्नेमा उल्टो विकासका लागि करोडौँ खर्च गरेर मोरिम–दुनैहुँदै रुपैडिहा सडकखण्ड नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक सडकका रुपमा विकास हुन नसक्नेसमेत उहाँले बताउनुभयो । आवश्यकता एकातिर बजेट अर्कैतिर छुट्याएर डोल्पाको विकास हुन नसक्ने बताउँदै पहुँचका आधारमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य हुनुपर्ने उहाँको माग छ ।