१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शाखा अधिकृतको अकुत कमाई अख्तियारबाट मुद्दा दायर

शाखा अधिकृतको अकुत कमाई अख्तियारबाट मुद्दा दायर
अ अ+ अ-

काठमाडौ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वब प्रसाद थपलियाले बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा एक करोड ६४ लाख भन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार  तत्कालीन शाखा अधिकृत थपलियाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४०।११।०६ देखि अवकाश भएको मिति २०७५।१२।३०  सम्मको जाँच अवधिमा   स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  

आयोगले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ-

अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वब प्रसाद थपलियाले आफू बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अर्थ मन्त्रालय अन्तर्गतका बिभिन्न कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धब प्रसाद थपलिया सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४०।११।०६ देखि अवकाश भएको मिति २०७५।१२।३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण Cash Flow Chart अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रू. १,०२,८२,२५८।२४ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरु रू. २,६७,७१,९५८।४९ खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको रु. १,६४,८९,७००।२५ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजजिक पद धारण गरेका उद्धब प्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले निज उद्धब प्रसाद थपलियालाई विगो रू. १,६४,८९,७००।२५ (एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन मागदावी लिइएको छ ।

यसैगरी निज उद्धब प्रसाद थपलियाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज उद्धब प्रसाद थपलियाको श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।